अन्तर्राष्ट्रिय

इरानसँगको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका छन्।

‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिकी–इजरायली संयुक्त सैन्य अभियानले इरानको मिसाइल क्षमता र नौसेनालाई नष्ट गर्न र आणविक हतियारको कुनै पनि मार्ग तोड्न आफ्नो युद्धको १२ औँ दिनमा प्रवेश गरिसकेपछि एक्सियोससँगको करिब पाँच मिनेट लामो संक्षिप्त फोन संवादमा ट्रम्पले उक्त टिप्पणी गरेका हुन्।

'कुनै पनि बेला म यो अन्त्य गर्न चाहन्छु, यो छिट्टै अन्त्य हुनेछ,' ट्रम्पले भनेका छन्।

एक्समा पोस्ट गरिएको एक भिडियोमा अमेरिकी केन्द्रीय कमान्डका नेता एडमिरल ब्राड कूपरले भने, 'अमेरिकी सेनाले फेब्रुअरी २८ मा तेहरान विरुद्ध अभियान सुरु गरेदेखि इरानमा पाँचहजार ५०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको छ, जसमा ६० भन्दा बढी जहाजहरू पनि रहेका छन्।

अन्तर्वार्ताका क्रममा ट्रम्पले युद्ध ‘राम्रोसँग चलिरहेको’ बताएका छन्।

उनले भने, 'हामी समय तालिकाभन्दा धेरै अगाडि छौँ। सोचेको मूल छ हप्ताको अवधिभन्दा पनि छोटो समयमा भन्दा हामीले बढी क्षति गरेका छौँ।'  

इरानले ४७ वर्षसम्मको मृत्यु र विनाशको मूल्य अहिले चुकाइरहेको पनि राष्ट्रपति ट्रम्पले बताए। 'यो भुक्तानी हो। तिनीहरू त्यति सजिलै बाहिर निस्कने छैनन्,' उनले भने।

प्रकाशित: २८ फाल्गुन २०८२ ०८:०७ बिहीबार