अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा दिने कन्फ्युसियस इन्स्टिच्युटहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताएको छ।
अमेरिकी रक्षामन्त्री पीट हेगसेथले यी संस्थाहरूले ‘प्रोपागान्डा सेन्टर’का रूपमा काम गरिरहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा हेगसेथले अमेरिकाका विभिन्न विश्वविद्यालयमा फरक–फरक नाममा यस्ता दर्जनौँ केन्द्र स्थापना गरिएको बताएका छन्।
उनले यी संस्थाहरूको उद्देश्य ‘बौद्धिक सम्पत्ति चोरी गर्नु र अमेरिकी विद्यार्थीहरूको विचारधारालाई प्रभावित पार्नु’ रहेको आरोप लगाएका छन्।
हेगसेथका अनुसार अमेरिकी रक्षा मन्त्रालयले यी केन्द्रहरूलाई व्यवस्थित रूपमा बन्द गर्ने दिशामा काम गरिरहेको छ।
यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।
प्रकाशित: ७ कार्तिक २०८३ १३:०२ शनिबार