अन्तर्राष्ट्रिय

अमेरिकी नौसेनाको हेलिकोप्टर र लडाकु विमान दक्षिण चीन सागरमा छुट्टाछुट्टै दुर्घटनामा परे

अमेरिकी नौसेनाको एक हेलिकोप्टर र एउटा लडाकु विमान आइतबार दक्षिण चीन सागरमाथि छुट्टाछुट्टै नियमित उडानका क्रममा दुर्घटनामा परेका छन्। प्रशान्त बेडाका अनुसार दुवै विमानका चालक दलका सदस्यहरूलाई सुरक्षित उद्धार गरिएको छ।नौसेनाले दुवै घटनाका कारणबारे अनुसन्धान सुरु गरेको बताएको छ।

दक्षिण चीन सागर चीन र दक्षिणपूर्वी एशियाका केही देशहरूले आ–आफ्नै क्षेत्र दाबी गरेका अति संवेदनशील समुद्री क्षेत्रमा पर्दछ। तर बीजिङले लगभग सम्पूर्ण सागरमाथि आफ्नो स्वामित्वको दाबी गरेको छ, जुन अन्तर्राष्ट्रिय अदालतको आदेशको उल्लङ्घन हो।

गत दुई दशकमा चीनले सागरभित्र सैन्य पूर्वाधार निर्माण गर्दै आफ्नो दाबी मजबुत पारेको छ, जसले अमेरिकी प्रयासहरूलाई सिधै चुनौती दिएको छ — ती प्रयासहरू सागरमार्गको स्वतन्त्र आवागमन कायम राख्ने उद्देश्यले गरिएका हुन्। अमेरिकी नौसेनाका गतिविधिहरू वाशिंगटनको बीजिङको समुद्री विस्तारलाई सन्तुलनमा राख्ने व्यापक रणनीतिको हिस्सा हुन्।

यी विमान दुर्घटनाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एशिया भ्रमणको बीचमा भएका हुन्। ट्रम्प यस साता चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार केन्द्रित वार्ताका लागि भेट गर्ने कार्यक्रम रहेको छ।

गत केही हप्तादेखि दुवै देशबीच सम्बन्ध चिसिएका थिए, किनभने महिनौँको शान्ति पछि दुवैले एकअर्कामाथि व्यापक आर्थिक कदम चालेका थिए। तर आइतबार अमेरिकी कोष सचिव स्कट बेस्सेन्टले अमेरिकाले चीनसँग व्यापार सम्झौतामा रूपरेखा सहमति प्राप्त गरेको बताएका छन्, जसले ट्रम्प र सीबीचको आगामी भेटअघि तनाव केही घटाएको छ।

यसअघि यो वर्षको वसन्तमा अमेरिकी नौसेनाले रातो सागरमा दुईवटा सुपर होरनेट लडाकु विमान गुमाइसकेको थियो। नौसेनाका अनुसार एउटा ँ÷ब्–१८ लडाकु विमानको लागत ६ करोड अमेरिकी डलरभन्दा बढी पर्छ।

यूएसएस निमिट्ज, जुन संसारका सबैभन्दा ठूला युद्धपोतहरू मध्ये एक हो, अहिले सेवा दिइरहेको सबैभन्दा पुरानो अमेरिकी विमानवाहक जलयान हो, र आगामी वर्ष यसलाई अवकाश दिइनेछ।

प्रकाशित: १० कार्तिक २०८२ ०८:३० सोमबार