अन्तर्राष्ट्रिय

इरानको केश्म टापुमा अमेरिकाले गर्‍यो सैन्य हमला

अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ। यसबिच इरानको केश्म टापुमा अमेरिकी सेनाले सैन्य कारबाही गरेको छ।

चुनावपछि इरानसँग थप सैन्य टकराव हुने सम्भावनाबारे चर्चा भइरहेका बेला यो खबर सार्वजनिक भएको हो। वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यस्तो दाबी गरेको हो।

अधिकारीहरूका अनुसार पछिल्ला केही सातादेखि अमेरिकी सेनाले इरानका विभिन्न क्षेत्रमा सीमित स्तरका कारबाही गर्दै आएको छ। यी कारबाहीलाई रक्षात्मक भन्दै होर्मुज जलमार्गमा व्यावसायिक जहाजमाथि हुने सम्भावित आक्रमण रोक्ने उद्देश्यले गरिएको हो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग पुनः ठुलो स्तरको सैन्य टकराव हुने सम्भावना कम रहेको बताएका छन्। सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले ‘हामीले इरानसँग युद्ध गर्‍यौँ र जित्यौँ’ भनेका थिए।

यसैबिच, मंगलबार बिहान इरानको केश्म टापु र तटीय सहर बन्दर लेन्गेहमा विस्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी सेनाको केन्द्रीय कमान्डले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। एजेन्सी

प्रकाशित: १७ कार्तिक २०८३ ०७:२० मंगलबार