इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको आणविक वार्ता शुक्रबार ओमानमा हुने जानकारी दिएका छन्।
'अमेरिकासँग आणविक वार्ता शुक्रबार बिहान १० बजे मस्कट (ओमानको राजधानी) मा हुने कार्यक्रम छ,' उनले एक्समा पोस्ट गरे, 'सबै आवश्यक व्यवस्था मिलाएकोमा म मेरा ओमानी दाजुभाइहरूप्रति आभारी छु।'
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यदि इरान यसै हप्ता वार्ता चाहन्छ भने अमेरिका तयार छ भनेका थिए।
उनले वार्तामा इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई पनि समावेश गर्नुपर्ने बताए।
प्रकाशित: २२ माघ २०८२ ०९:२१ बिहीबार