संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने अमेरिकी कूटनीतिज्ञ लुइस मेन्डेजले बताएका छन्। उनले तोकिएका सर्तहरू भने मान्नु पर्ने चेतावनी दिएका छन्।
यस विषयमा विदेश मन्त्रालयलको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि उप सहायक सचिव लुइस मेन्डेजले अमेरिकाले मारिया कोरिनालाई स्वदेश फर्कन कुनै पनि बाधा नपुर्याउने बताए।
मचाडोले गत डिसेम्बरमा नर्वेमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि भेनेजुएलाबाट बाहिर आएपछि आजसम्म स्वदेश नफर्केको जनाइएको छ। यसै बीच उनले भेनेजुएलाको सन्दर्भमा केही महत्वपूर्ण काम गर्न आवश्यक भएकाले स्वदेश फर्किंदै गर्दा कुनै अवरोध नगर्ने मेन्डेजले प्रष्ट पारेका छन्।
गत जुन–२४ मा आएको विनाशकारी दोहोरो भूकम्पपछि, मचाडोले धेरै पटक काराकास फर्कने प्रयास गरेता पनि भेनेजुएलाको कूटनीतिक दबाबले उहाँको प्रयासलाई अवरुद्ध गरेको जनाइएको छ।
अमेरिकी सरकारले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मचाडोलाई फर्कन अनुमतिको लागि सहजीकरण गर्न खोजेको हो, भन्ने प्रश्नमा मेन्डेजले अधिकारीहरूसँग आवाश्यक समन्यव समेत गरेको बताए।
गत जनवरीमा तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरेदेखि सत्तामा रहेकी रोड्रिगेजले सरकारले अर्को महिनादेखि विपक्षी दलका सदस्यहरूसँग भेट्ने योजना बनाएको उल्लेख गरेकी छन्।
प्रकाशित: ३२ असार २०८३ ११:३० बिहीबार