अन्तर्राष्ट्रिय

युक्रेन: रुसी ड्रोन र मिसाइल आक्रमणमा ६ जनाको मृत्यु

युक्रेनी विभिन्न शहरहरूमा रुसी ड्रोन र मिसाइल आक्रमणमा दुई बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो घोषणा गरे। आक्रमणमा कम्तिमा २१ जना घाइते भएका छन्।

जेलेन्स्कीले भने कि निरन्तर आक्रमणहरू 'युद्ध रोक्नको लागि रूसमाथि पर्याप्त दबाब अझै लागू गरिएको छैन' भन्ने प्रमाण हो।

आक्रमण हुनुभन्दा केही घण्टा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुडापेस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको योजनाबद्ध बैठक स्थगित गरिएको घोषणा गरेका थिए किनभने उनी 'व्यर्थ बैठ' चाहँदैनथे।

यसैबीच, रुसले ट्रम्प र युरोपेली नेताहरूले गरेको युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ।

प्रकाशित: ५ कार्तिक २०८२ १६:४८ बुधबार