फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले हारेका क्षेत्रहरू त्याग्नु पर्ने बताएका छन्।
युक्रेनले रूससँग शान्ति सम्झौता गर्न चाहन्छ भने हारेका क्षेत्रहरू त्याग्न सहमत हुनुपर्ने बताएका हुन्। म्याक्रोनले सामाजिक सञ्जालमा सेयर गरिएको पोस्टमा यो कुरा बताएका हुन्। म्याक्रोनले उनको देश युक्रेनको साथ दृढतापूर्वक उभिएको जिकिर गरे।
यस्तै उनले युक्रेनलाई दिइने सम्भावित सुरक्षा ग्यारेन्टीहरूलाई पनि समर्थन गरे। साथै यस मुद्दामा अमेरिकासँग मिलेर काम गर्ने पनि बताए।
प्रकाशित: २ भाद्र २०८२ ०८:५९ सोमबार