अन्तर्राष्ट्रिय

लन्डनबाट उडेको विमानमा दुई यात्रुबिच हात हालाहाल, टी-सर्टसमेत च्यातियो

उडानमा दुई यात्रुबिच आकाशमै झगडा भइरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। लन्डनबाट बंगलादेश आइरहेको बंगलादेश एयरलाइन्सको उक्त विमानमा दुई यात्रुबिच चर्को विवाद भएको थियो।

मौखिक विवाद पछि शारीरिक झगडामा परिणत हुँदा अन्य यात्रुमा समेत त्रास फैलिएको थियो। भिडियोमा दुई पुरुष झगडा गर्नुअघि एक अर्कासँग वादविवाद गरिरहेका छन्। झगडाका क्रममा एक यात्रुको टी-सर्टसमेत च्यातिएको छ। तनाव बढ्दै गएपछि क्याबिन क्रूका सदस्य र अन्य यात्रुले हस्तक्षेप गरेर दुई जनालाई छुट्याउने प्रयास गरेका थिए।

ढाका ट्रिब्युनका अनुसार विमान बंगलादेश एयरलाइन्सका महाप्रबन्धक (जनसम्पर्क) महबुबुद्दीन अहमदले घटनाबारे आफूलाई अहिलेसम्म जानकारी नभएको बताए। ‘मलाई यस विषयमा अहिलेसम्म थाहा छैन। म यसबारे अनुसन्धान गरिरहेको छु,’ उनले भने।

प्रकाशित: २ आश्विन २०८३ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App