इरानको पश्चिमी कुर्दिस्तान प्रान्तको प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले गरेको ‘आतङ्कवादी’ आक्रमणमा दुई कानून प्रवर्तन कर्मचारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएको फार्स समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ। रिपोर्टका अनुसार बनेह र साकेज काउन्टीहरू बिचको सडकमा आक्रमण गरिएको थियो।
फार्स समाचार एजेन्सीका अनुसार घाइतेहरूलाई उपचारका लागि मेडिकल सेन्टरमा लगिएको छ भने प्रान्तीय प्रहरीले आक्रमणकारीहरूको पहिचान गर्न र पक्राउ गर्न निर्देशन जारी गरेको छ।
कुर्दिस्तान प्रान्त इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रको सिमानामा छ, जसको सीमावर्ती क्षेत्रहरू इरानद्वारा ‘आतंकवादी’ का रूपमा तोकिएको पृथकतावादी समूहहरूको वासस्थान हो।
प्रकाशित: १३ असार २०८३ १७:३७ शनिबार