अन्तर्राष्ट्रिय

इरानको मिसाइल आक्रमणमा तेल अवीवमा दुई जनाको मृत्यु

इरानले इजरायलमा धेरै मिसाइल आक्रमण गरेको छ, जसमा दुई जनाको मृत्यु भएको छ। इरानले मंगलबार राति इजरायलको राजधानी तेल अवीव तथा आसपासका क्षेत्रमा धेरै मिसाइल प्रहार गरेको हो। स्थानीय प्रहरीले एक इरानी मिसाइल आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ।

इजरायलको एम्बुलेन्स सेवामा कार्यरत एक आपतकालीन कर्मचारीले समाचार एजेन्सीलाई बताएअनुसार उनले एउटा भवनबाट ‘धुवाँ उठिरहेको’ देखेका थिए, साथै ‘धेरै क्षति र फुटेका सिसा’पनि देखिएका थिए।

उनले भने, ‘हामीले दुई जना व्यक्तिलाई देख्यौं, जसको नाडी चलेको थिएन र उनीहरू सास पनि लिइरहेका थिएनन्। उनीहरूको शरीरमा गम्भीर चोटपटक लागेको थियो।’

पछि चिकित्सकहरूले तेल अवीव को पूर्वी क्षेत्रमा एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन्। उनीहरूलाई ‘मिसाइलका टुक्राबाट गम्भीर चोट’लागेको थियो। एजेन्सी

प्रकाशित: ४ चैत्र २०८२ ०७:३६ बुधबार