अन्तर्राष्ट्रिय

ट्रम्प भन्छन्: युक्रेनको नेतृत्व ‘धन्यवाद भन्न’ पनि जान्दैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा उनले लेखे, ‘युक्रेनको ‘नेतृत्व’ ले हाम्रो प्रयासप्रति बिल्कुलै धन्यवाद भनेको छैन, र युरोप अझै पनि रुसबाट तेल किन्दैछ।’

ट्रम्पले लेखे, ‘मलाई त्यस्तो युद्ध विरासतमा मिककेको हो, जुन कहिल्यै हुनै नपर्ने युद्ध थियो। यो युद्ध सबैका लागि क्षतिको कारण बनिरहेको छ, विशेषगरी ती लाखौँ मानिसका लागि, जसको ज्यान अनावश्यक रूपमा गएको छ।’

  ट्रम्पले यो पोस्ट त्यतिबेला गरेका हुन्, जब जिनेभामा रुस–युक्रेन युद्धलाई लिएर अमेरिका, युक्रेन र उसका युरोपेली सहयोगीहरूको प्रतिनिधिमण्डलबीच वार्ता चलिरहेको छ। एजेन्सी

प्रकाशित: ८ मंसिर २०८२ ०६:४३ सोमबार