अन्तर्राष्ट्रिय

इरान विश्वकप खेल्न आउँदा सुरक्षाको जिम्मा आफैँले लिनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विश्वकप खेल्न आउँदा आफ्नो जीवन र सुरक्षाको जिम्मा आफैँले लिनुपर्ने बताएका छन्।

ट्रम्पले बिहीबार इरानका लागि यस्तो सुझाव दिएका हुन्। उनले भने, 'इरान राष्ट्रिय फुटबल टोलीलाई विश्वकपमा स्वागत छ, तर मलाई लाग्दैन उनीहरूको जीवन र सुरक्षा यहाँ उचित हुनेछ।'

यसअघि ट्रम्पले फिफा प्रमुख जियानी इन्फान्टिनोसँग इरानी खेलाडीहरूलाई विश्वकपमा स्वागत गरिने बताएका थिए।

सन् २०२६ मा हुने फिफा विश्वकप फुटबल अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन्।

प्रकाशित: २९ फाल्गुन २०८२ ११:५९ शुक्रबार