अन्तर्राष्ट्रिय

ट्रम्पले भने : अमेरिकासँग भारतको एकतर्फी सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच लामो समयदेखि 'एकतर्फी सम्बन्ध' रहेकोले आफूले भारतमाथि ५० प्रतिशत कर लगाएको बताएका छन्।

पत्रकार सम्मेलनमा ट्रम्पले भने कि भारतले अमेरिकी सामानहरूमा १०० प्रतिशत कर लगाउँछ। यो विश्वमै सबैभन्दा उच्च हो। यसका कारण अमेरिका र भारतबीचको व्यापारमा असन्तुलन छ।

ट्रम्पले उदाहरण दिँदै भने कि अमेरिकी कम्पनी हार्ले डेभिडसनले भारतमा मोटरसाइकल बेच्न सकेन किनभने भारतले २०० प्रतिशत कर लगाएको थियो। यस कारणले गर्दा, कम्पनीले भारतमा नै प्लान्ट निर्माण गर्‍यो, ताकि अब शुल्क तिर्न नपरोस्।

प्रकाशित: १८ भाद्र २०८२ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App