अन्तर्राष्ट्रिय

ट्रम्पको ट्यारिफ धम्कीले ब्राजिलका राष्ट्रपति आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलियन उत्पादनमा लगाएको ५० प्रतिशत आयात कर(ट्यारिफ)ले दुई देशका राष्ट्रप्रमुख आमने–सामने भएका छन्। ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले अमेरिकाले लगाएको ट्यारिफको चर्को विरोध गर्दा स्थिती आमने–सामनेको बनेको हो।  

ब्राजिली राष्ट्रपति सिल्भाले अमेरिकी ट्यारिफलाई ब्राजिलको ‘सम्प्रभुता र न्यायिक स्वतन्त्रतामाथिको हमला’ भनेका छन्। ‘यो ट्रम्पको भेदभावपूर्ण हस्तक्षेप हो। यसले ब्राजिलका लोकतान्त्रिक संस्थामाथि बाहिरको दखलअन्दाजी हो,’ उनले भने। ट्रम्पले अगस्ट महिनाबाट ब्राजिलमाथि ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। त्यसको बदलामा आफूले पनि अमेरिकामाथि ट्यारिफ लगाउने राष्ट्रपति सिल्भाले प्रतिक्रिया दिएका छन्।  

प्रकाशित: २६ असार २०८२ १९:४६ बिहीबार

#Donald Trump #NagarikNews