भारत र अमेरिकाबिच फेरि व्यापार सम्झौता (ट्रेड डील) सम्बन्धी वार्ता हुने सम्भावना बढिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भने कि उनी भारत र प्रधानमन्त्री नरेन्द्र मोदीसँग धेरै नजिक छन्। यसका बाबजुद पनि उनलाई भारतमाथि प्रतिबन्ध लगाउनु पर्यो।
ट्रम्पले यो कुरा लन्डनमा बेलायती प्रधानमन्त्री कीर स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका हुन्। त्यहाँ उनलाई सोधिएको थियो— रसियाबाट तेल किन्ने देशहरूलाई ब्यान गरेर व्लादिमिर पुटिनमाथि दबाब सिर्जना गर्ने समय आएको हो कि ?
यसमा ट्रम्पले भने, 'म भारत र प्रधानमन्त्री मोदीसँग धेरै नजिक छु। मैले केही दिनअघि उहाँसँग कुरा गरेको थिएँ, उहाँलाई जन्मदिनको शुभकामना दिएको थिएँ। उहाँले पनि निकै राम्रो जवाफ दिनुभयो। हाम्रोबिच धेरै राम्रो सम्बन्ध छ, तर मैले उहाँमाथि प्रतिबन्ध लगाउनु पर्यो।'
उनले अगाडि भने, 'रसियाबाट तेल किनेका कारण मलाई युरोपेली देशहरू र चीनमाथि पनि ब्यान लगाउनु पर्यो।'
प्रकाशित: ३ आश्विन २०८२ ०७:०३ शुक्रबार