अन्तर्राष्ट्रिय

ट्रम्पले भने : मलाई नोबेल नदिनु अमेरिकाको अपमान हो

अमेरिकी राष्ट्रपति ट्रम्पले नोबेल शान्ति पुरस्कारप्रति असन्तुष्टि व्यक्त गर्दै आफूलाई नोबेल शान्ति पुरस्कार नदिनु अमेरिकाको अपमान हुने बताएका छन्।

ट्रम्पले यो पुरस्कार आफ्नो लागि नभइ अमेरिकाको लागि भएको बताए। 

ट्रम्पले नोबेल शान्ति समितिमाथि आरोप लगाउँदै भने कि नोबेल समितिले प्रायः ती व्यक्तिहरूलाई यो पुरस्कार दिन्छ जसले वास्तवमा केही विशेष काम गरेका छैनन्।

उनले अहिलेसम्म आठवटा युद्ध रोकेको दाबी गरे, जसमा इजरायल र हमासबीचको सबैभन्दा पछिल्लो युद्ध पनि समावेश छ।

प्रकाशित: १५ आश्विन २०८२ १३:०१ बुधबार