अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा पत्रकार खशोग्गीको हत्यामा साउदी युवराजको संलग्नता खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पद्वारा वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा  साउदी अरेबियाका युवराज मोहम्मद बिन  सलमानको संलग्नतालाई खारेज गरेका छन्।  सन २०१८ मा वाशिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको साउदी अरेबियाका हत्या भएको थियो। पत्रकारको हत्यापछि युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष निकालेको थियो।    

अमेरिकी पत्रकार जमाल खशोग्गीको हत्या भएको लगभग सात वर्षपछि साउदी युवराज मोहम्मद बिन सलमानले ह्वाइट हाउसमा  पहिलो पटक भ्रमण गरेका  हुन्।  पत्रकार जमाल खशोग्गीको  २०१८ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा साउदी सरकारका सदस्यहरूद्वारा हत्या  गरिएको थियो। ट्रम्प प्रशासनको समयमा सीआईएले युवराजले हत्यालाई अनुमोदन गरेको हुनसक्ने निष्कर्ष निकालेको थियो। बाइडेन प्रशासनले पछि उक्त अवर्गीकृत प्रतिवेदन सार्वजनिक गरेको थियो ।  युवराज बिन सलमानले हत्यामा व्यक्तिगत संलग्नता अस्वीकार गरे पनि साउदी अरेबियाको नेताको रूपमा उनले घटनाको पूर्ण जिम्मेवारी लिने बताएका थिए।  

ट्रम्पसँगको भेटमा पत्रकारले खशोग्गीबारे सोध्दा युवराजले भने ‘यो सुन्नु साँच्चै पीडादायी छ। कसैले  कुनै वास्तविक उद्देश्य बिना आफ्नो ज्यान गुमाएको छ।’ अमेरिकी विदेश विभागको पछिल्लो प्रतिवेदनले साउदी अरेबियामा स्वेच्छाचारी हत्या, यातना, र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्धहरू रहेको उल्लेख गरेको छ। एजेन्सी

प्रकाशित: ३ मंसिर २०८२ ०९:४८ बुधबार