स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
स्पेनी पत्रिका एल पेसका अनुसार एउटा रेलको पछाडिबाट अर्को रेलसँग ठोक्किदा ३० जनाको मृत्यु भएको हो। मृतकको संख्या अझै बढ्न सक्ने आकलन गरिएको छ।
दुर्घटनामा धेरै जना घाइते भएका छन्। आपतकालीन चिकित्सा टोलीहरू घटनास्थलमा पुगेका छन्।
दुर्घटनाको समयमा एक आपसमा ठोक्किएका रेन्फे रेल र इरियो रेलको गति २०० देखि २१० किलोमिटर प्रतिघण्टा भएको अनुमान गरिएको छ। स्थानीय समय अनुसार बिहान ९ बजे यो घटना भएको थियो।
कास्टिला–ला मान्चाका अधिकारीहरूले निजी सञ्चालक इरियोद्वारा सञ्चालित रेलमा १४७ यात्रु र रेन्फे रेलमा ३९७ जना सवार रहेको बताएका छन्।
दुर्घटनापछि राजधानी म्याड्रिडलाई स्पेनको दक्षिणी एन्डालुसिया क्षेत्रसँग जोड्ने रेलवे लाइन बन्द गरिएको थियो।
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले रेल दुर्घटनाको बारेमा सुनेर आफू स्तब्ध भएको बताए। उद्धार र राहत टोलीहरू प्रभावितहरूलाई सहयोग गर्न घटनास्थलमा पुगेका छन्।
नौ महिनाअघि पनि स्पेनमा एउटा रेल दुर्घटना भएको थियो। दुर्घटनामा एन्डालुसियाको आदामुज नजिकै दुई उच्च गतिका रेलहरू ठोक्किएर ४६ जनाको मृत्यु भएको थियो।
प्रकाशित: ११ कार्तिक २०८३ १७:०१ बुधबार