चीनको तियानजिनमा अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म चल्ने शंघाई कोअपरेसन अर्गनाइजेशन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन सदस्य मुलुकका धेरै नेता पुगेका छन्।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सम्मेलनमा सहभागी हुन तियानजिन पुगेका हुन्।
चीन पुगेपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखे– उनले अब एससीओ बैठक र विभिन्न मुलुकका नेताहरूसँगको भेटघाटको प्रतीक्षा गरिरहेका छन्।
उता, प्रधानमन्त्री शहबाज शरीफले प्रस्थान गर्नु अघि ‘एक्स’ मा लेखे– ‘म तियानजिनमा हुने एससीओ बैठक र बेइजिङमा दोस्रो विश्वयुद्धमा फासीवादमाथि विजय प्राप्त गरेको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछु।’
उनले थपे– ‘म राष्ट्रपति सी चिनफिङ र अन्य विश्व नेताहरूसँग भेटघाट गर्न आतुर छु, ताकि चीन र अन्य मुलुकसँगको सम्बन्ध बलियो बनोस्, क्षेत्रीय सहयोग बढोस् र शान्ति तथा समृद्धिको लागि मिलेर काम गर्न सकियोस्।’ एजेन्सी
प्रकाशित: १५ भाद्र २०८२ ०८:३४ आइतबार