दक्षिणपूर्वी इरानको सिस्तान-बलुचिस्तान प्रान्तको राजधानी जाहेदानमा बन्दुकधारीले आठ जनाको हत्या गरेका छन्। आक्रमणकारी मध्ये तीन जनाको पनि मृत्यु भएको जनाइएको छ। गोलीबारी र विस्फोटमा धेरै जना घाइते भएका छन्।
इरानी मिडियाका अनुसार यो आक्रमण पाकिस्तानमा सक्रिय अतिवादी संगठन ‘जैश अल(अदल’ ले गरेको हो। यो समूह इरानमा पनि सक्रिय छ। सिस्तान-बलुचिस्तान प्रान्त राजधानी तेहरानबाट एक हजार २०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित छ।
यो क्षेत्र पाकिस्तान र अफगानिस्तानसँग सिमानामा पर्छ। सो प्रान्तमा इरानी सुरक्षा बल र बलुच अल्पसंख्यकको विद्रोही, कट्टरपन्थी सुन्नी समूह र लागूऔषध तस्करबिच बारम्बार झडप हुँदै आएको छ। बीबीसी
प्रकाशित: १० श्रावण २०८२ २१:१९ शनिबार