अन्तर्राष्ट्रिय

थाइल्याण्ड र कम्बोडियाली सैनिकबिच गोलीबारी

थाइल्याण्ड-कम्बोडिया सीमामा झडप भएको छ। यहाँ बिहानैदेखि सैनिकहरूबीच गोलीबारी भइरहेको छ। दुवै पक्षले एकअर्कालाई पहिलो गोली चलाएको आरोप लगाएका छन्।

यो घटना यस्तो समयमा भएको हो जब एक दिन अघि सीमामा बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएका थिए। त्यसपछि थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको थियो।

थाई सेनाले कम्तीमा दुई सैनिक र तीन सर्वसाधारण घाइते भएको बताएको छ। सीमा झडपका बिच थाई दूतावासले थाई नागरिकहरूलाई कम्बोडिया छोड्न आग्रह गरेको छ।

थाइल्याण्डको शिक्षा मन्त्रालयले थाइल्याण्डको सुरिन प्रान्तको विवादित सीमा नजिकै रहेका सबै विद्यालयहरू बन्द गरेको छ। बिबिसी

प्रकाशित: ८ श्रावण २०८२ ११:०९ बिहीबार

#Nagariknews