अन्तर्राष्ट्रिय

जन्मदर घट्दै जाँदा दक्षिण कोरियालाई सैनिक अभाव

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार देशमा जन्मदरमा आएको गिरावटका कारण सेनामा सिपाहीहरूको संख्या घटेर ४.५ लाख पुगेको छ।

सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसद चु मी-एले आइतबार यो प्रतिवेदन जारी गरेका हुन्। प्रतिवेदनमा विगत छ वर्षमा सैन्य बल २० प्रतिशतले घटेको उल्लेख छ।

जसकारण सन् २००६ मा डिभिजनहरूको संख्या ५९ बाट घटेर ४२ पुगेको छ। सैनिक अभावका कारण धेरै युनिटहरू या त बन्द भएका छन् वा अन्य युनिटहरूसँग गाभिएका छन्।

दक्षिण कोरियाली अधिकारीहरूले देशमा प्रति महिला जन्मदर ०.७५ बच्चा रहेको बताएका छन्। यो दर विश्वमै सबैभन्दा कम हो।

दक्षिण कोरियामा अनिवार्य सैन्य सेवा अझै पनि छ किनभने यो देश अझै पनि प्राविधिक रूपमा आफ्नो आणविक हतियारधारी छिमेकी उत्तर कोरियासँग युद्धमा छ।

जुलाईमा दक्षिण कोरियाली अधिकारीहरूले प्रकाशित गरेको एक अध्ययनले उत्तर कोरियाली आक्रमणबाट बच्न कम्तिमा पाँच लाख सैनिक आवश्यक पर्ने सुझाव दिएको थियो।

त्यसमा एक लाख ३० हजार सक्रिय सैनिक चाहिने कुरा उल्लेख गरिएको छ। बीबीसी

प्रकाशित: २६ श्रावण २०८२ २०:१० सोमबार