अन्तर्राष्ट्रिय

अमेरिकामा प्राकृतिक ग्यास भण्डारणमा उल्लेखनीय वृद्धि

अमेरिकाका ४८ राज्यमा प्रयोगका लागि राखिएको ‘प्राकृतिक ग्यासको भण्डारण’ जुलाई १८ सम्म तीन हजार ७५ अर्ब क्युबिक फिट पुगेको छ। 

प्राकृतिक ग्यास भण्डारण भन्नाले जमिनमुनि राखिएको र आवश्यक पर्दा निकालेर प्रयोग गर्न सकिने ग्यासलाई बुझिन्छ। यसको भण्डारण क्षमता दुई किसिमले नापिन्छ।

यो संख्या अघिल्लो हप्ताभन्दा २३ अर्ब क्युबिक फिटले बढी भएको अमेरिकी ऊर्जा सूचना प्रशासनले जानकारी दिएको छ।

यस वर्षको यो समयसँग तुलना गर्दा भण्डारणमा ४.७ प्रतिशत कमी देखिए पनि विगत पाँच वर्षको औसतभन्दा ५.९ प्रतिशत बढी छ। सामान्यतया, अमेरिकामा प्राकृतिक ग्यासको भण्डारण नोभेम्बरदेखि अप्रिलसम्म क्रमिक रूपमा घट्छ। सिन्ह्वा

प्रकाशित: ९ श्रावण २०८२ २०:०९ शुक्रबार