इजरायलको कब्जामा रहेको वेस्ट बैंकको हेब्रोनमा सैन्य जाँच चौकीमा गोलीबारी हुँदा पाँच इजरायली घाइते भएका छन् भने दुई संदिग्ध प्यालेस्टिनी आक्रमणकारी मारिएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
इजरायली सेनाका अनुसार आक्रमणकारीको गाडीबाट ठूलो परिमाणमा गोलीगट्ठा बरामद भएको छ।
उनीहरूले नजिकैको रुट ३५ मा ठूलो आक्रमण गर्ने योजना बनाएको हुन सक्ने सेनाको दाबी छ।
घटनापछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वेस्ट बैंकमा पूर्ण आवागमन प्रतिबन्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन्।
इजरायली सेनाले संदिग्ध आक्रमणकारीका घरमा छापा मार्न थालेको छ भने केही प्यालेस्टिनी भवन भत्काउने आदेशसमेत दिइएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार यस वर्षको सुरुदेखि वेस्ट बैंकमा इजरायली सेना वा बस्तीका बासिन्दाको कारबाहीमा कम्तीमा ९६ प्यालेस्टिनी मारिएका छन्।
सोही अवधिमा प्यालेस्टिनीको आक्रमणमा चार इजरायलीको मृत्यु भएको छ।
प्रकाशित: ६ कार्तिक २०८३ १७:४६ शुक्रबार



