अन्तर्राष्ट्रिय

मिनेसोटाको क्याथोलिक स्कुलमा गोली प्रहार, २ बालबालिकाको मृत्यु, १७ घाइते

अमेरिकाको  मिनेसोटास्थित एक  चर्चमा गोली प्रहार हुँदा दुई बालबालिकाको मृत्यु भएको छ। घटनामा १४ बालबालिका र ३ जना वृद्ध भक्तजन घाइते भएका छन्। यो हमला एननसिएसन क्याथोलिक स्कुलमा नयाँ शैक्षिक सत्रको पहिलो साता मनाइँदै गर्दा भएको हो।

एफबीआईले हमलाकारीको पहिचान २३ वर्षीय रोबिन वेस्टम्यानको रूपमा गरेको छ। उनी सन् २०१७ मा सो स्कुलबाट स्नातक भएका थिए।मिनियापोलिस प्रहरी प्रमुख ब्रायन ओ हाराका अनुसार वेस्टम्यानले यूट्युबमा एक घोषणापत्र अपलोड गरेका थिए जसमा ‘धेरै चिन्ताजनक लेखाइहरू’ थिए।

घटनाको कारण खोजिरहेका स्थानीय तथा संघीय अनुसन्धानकर्ताहरूले मिनियापोलिस गोलीकाण्ड सम्बन्धमा चार स्थानमा खोजी (सर्च वारन्ट) गरेका छन्।  एजेन्सी

प्रकाशित: १२ भाद्र २०८२ ०८:२३ बिहीबार