भारत उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आएको छ ।
बाढीमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ५० जना बेपत्ता भएको बीबीसीले जनाएको छ ।
बाढीका कारण सडक, भवन डुबानमा परेका छन् । पर्यटकीय क्षेत्रका रूपमा परिचित होटल, रिसोर्ट र रेस्टुरेन्ट पनि डुबानमा परेका छन् ।
स्थानीय समयानुसार, मंगलबार दिउँसो साढे १ बजे एक्कासि बाढी आएको हो । बाढी जनजीवन अस्तव्यस्त बनेको छ भने सञ्चार सम्पर्क टुटेको छ । बाढीबाट प्राचीन कल्पकेदार मन्दिर पनि पुरिएको छ ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले बाढीमा फसेकाको उद्धारकार्य जारी रहेको बताएका छन् ।
प्रकाशित: २० श्रावण २०८२ १७:५६ मंगलबार