अन्तर्राष्ट्रिय

इजरायली बन्धकहरूको दोस्रो समूह लिन रेडक्रसका अधिकारीहरू गाजा पुगे

इजरायली बन्धकहरूको अर्को समूहलाई फिर्ता ल्याउन रेडक्रसका अधिकारीहरू गाजाको खान युनिसमा पुगेका छन्।

यसअघि इजरायली सेनाले रेडक्रसका अधिकारीहरू बन्धकहरूको दोस्रो समूहलाई फिर्ता ल्याउन दक्षिणी गाजातर्फ प्रस्थान गरेको बताएको थियो।

हमासले सोमबार बिहान सात इजरायली बन्धकहरूको पहिलो समूहलाई रिहा गरेको छ। सबै सात जनाले इजरायली सीमा पार गरिसकेका छन्।

सबै बन्धकहरूलाई दक्षिणी इजरायलमा स्वागत गरिनेछ। उनीहरूलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनकी श्रीमती सारा नेतान्याहूको पत्र भएको किट, साथै ल्यापटप, मोबाइल फोन, ट्याब्लेट र लुगा पनि दिइनेछ।

प्रकाशित: २७ आश्विन २०८२ १३:४४ सोमबार