अन्तर्राष्ट्रिय

प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने फ्रान्सको निर्णय अमेरिकाद्वारा अस्वीकार

अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको प्यालेस्टाइनको निर्णयलाई 'कडा रूपमा अस्वीकार' गरेको छ।

म्याक्रोँको यो निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिने अमेरिकाको ठहर छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्खै भने, 'संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने इमानुएल म्याक्रोनको योजनालाई संयुक्त राज्य अमेरिकाले कडा शब्दमा अस्वीकार गर्दछ।'

उनले यो गैरजिम्मेवार निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिने र अशान्ति बढाउने बताए। यो अक्टोबर ७ को आक्रमणका पीडितहरूको गालामा थप्पड जस्तै भएको बताए।

राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार भने कि उनको देशले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिनेछ।

राष्ट्रपति म्याक्रोँले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे, 'यसको औपचारिक घोषणा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाको सत्रमा गरिनेछ।'

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोँनको निर्णयको स्वागत गरे तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमको आलोचना गर्दै भने, 'आतंकवादलाई पुरस्कृत गर्नु बराबर हो।' एजेन्सी

प्रकाशित: ९ श्रावण २०८२ ०९:२२ शुक्रबार

#france #NagarikNews #NepaliNews #Anerica