जर्मनीको दक्षिण-पश्चिमी क्षेत्रमा एउटा यात्रुवाहक रेल दुर्घटना भएको छ। प्रहरीका अनुसार यस दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्।
रेल सञ्चालक ड्यूश बाहनले "अज्ञात कारणले" स्टुटगार्ट नजिकैको रुट्लिन्जेनमा रेल दुर्घटनाग्रस्त भएको बताएको छ। स्थानीय रिपोर्टहरूले दुर्घटना हुनुभन्दा केही समय अघि उक्त क्षेत्रमा आँधी आएको बताएका छन्।
जर्मन समाचार एजेन्सी डीपीएका अनुसार रेलमा लगभग एक सय जना यात्रु थिए। स्थानीय समय अनुसार साँझ ६:१० बजे रेलका कम्तीमा दुई डिब्बा जंगल क्षेत्रमा पटरीबाट खसेको थियो।
जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले ट्विटरमा पोस्ट गर्दै दुर्घटनामा परेकाहरूप्रति शोक व्यक्त गर्दै उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
मर्ट्जले आफू गृहमन्त्री र यातायात मन्त्रीसँग सम्पर्कमा रहेको बताए। उनले आपतकालीन सेवाहरू प्रदान गर्न आवश्यक सबै सहयोगको लागि अनुरोध गरेका छन्।
घटनास्थलबाट बाहिर आएका तस्बिरहरूमा रेलका डिब्बाहरू पल्टिएको र उद्धार कार्यमा संलग्न ठूलो संख्यामा आपतकालीन टोलीहरू देखिएका छन्। एजेन्सी
प्रकाशित: १२ श्रावण २०८२ ०८:१३ सोमबार