अन्तर्राष्ट्रिय

रुसी तेलमाथि ट्रम्पको दाबीपछि राहुल गान्धीको पोस्ट : प्रधानमन्त्री मोदी डराएका छन्

भारतले रूसबाट तेल खरिद गर्ने विषयमा डोनाल्ड ट्रम्पको हालैको दाबीपछि कांग्रेस नेता राहुल गान्धीले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना बनाएका छन्।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै डोनाल्ड ट्रम्पले दाबी गरेका थिए, 'प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले रुसी तेल किन्न बन्द गर्ने बताएका छन्।'

राहुल गान्धीले एक्समा पोस्ट गर्दै भने, 'प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन्। उनले ट्रम्पलाई निर्णय गर्न र भारतले रूसी तेल किन्ने छैन भनेर घोषणा गर्न दिन्छन्। बारम्बार अस्वीकार गर्दा पनि उनी ट्रम्पलाई बधाई सन्देश पठाइरहन्छन्।'

प्रकाशित: ३० आश्विन २०८२ १४:५० बिहीबार