अन्तर्राष्ट्रिय

युरोपलाई पुटिनको स्पष्ट सन्देश : रुसी हितको सम्मान गरे युक्रेनपछि अर्को युद्ध हुँदैन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा रुसको हित र सुरक्षाको सम्मान गरे युक्रेनपछि थप युद्ध नहुने बताएका छन्।

उनले युरोपेली देशहरूमा रुसले आक्रमण गर्ने योजना भएको दाबीलाई बेतुक भनेर खारेज गरे। उनका अनुसार पश्चिमले नेटो पूर्वतर्फ विस्तार नगरी धोका नदिए थप सैन्य कारबाहीको आवश्यकता छैन।

साढे चार घण्टा चलेको कार्यक्रममा भविष्यमा नयाँ युद्ध हुन्छ कि भनेर सोधिएको प्रश्नको जवाफमा पुटिनले भने, ‘यदि तपाईंहरूले हाम्रो हितको सम्मान गर्नुहुन्छ, जसरी हामीले सधैँ तपाईंहरूको हितको सम्मान गर्ने प्रयास गरेका छौँ, र नेटो विस्तारजस्तो धोका दिनुहुन्न भने थप सैन्य कारबाही हुनेछैन।’

पुटिनले युक्रेन युद्धको जिम्मेवारी पश्चिम र कीभलाई दिने गरेका छन्। उनले ट्रम्पको शान्ति प्रयास सकारात्मक भए पनि युरोप सकारात्मक नभएको बताउँदै आएका छन्। सो अवसरमा उनले रुसको मागमा सम्झौता नगर्ने अडान उनले पुनः दोहोर्‍याए। एजेन्सी

प्रकाशित: ५ पुस २०८२ १०:४५ शनिबार