अन्तर्राष्ट्रिय

बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘अकवान’, गति १४५ किमि प्रतिघण्टासम्म पुग्ने चेतावनी

बंगालको खाडीमा बनेको चक्रवात अकवान शक्तिशाली आँधीमा परिणत हुँदैछ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) यो चक्रवात बिहीबार बिहानसम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने सम्भावना रहेको जानकारी दिएको हो। शुक्रबार दिउँसो आन्ध्र प्रदेशको तटमा ठोक्किने अनुमान गरिएको छ।

आईएमडीले चक्रवातका कारण १२० देखि १३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र हावाको गति १४५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने चेतावनी दिएको छ।

आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। तमिलनाडु र आसपासका क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।

यो चक्रवात अकवान शुक्रबार नेल्लोर र तुनीबिचको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ।

यसअघि आन्ध्र प्रदेशमा अर्णब र मुरासु नामका दुई चक्रवातले असर पुर्‍याइसकेका थिए। अर्णब चक्रवातको प्रभाव नेपालसम्म पनि देखिएको थियो।

तीन साताभित्र आन्ध्र प्रदेशमा पुग्न लागेको अकवान तेस्रो चक्रवात हो। अघिल्ला दुई चक्रवातका कारण राज्यमा करिब सात हजार करोड भारतीय रुपैयाँ बराबरको बालीनालीमा क्षति पुगेको जनाइएको छ। 

प्रकाशित: १ मंसिर २०८३ १२:२९ मंगलबार