अन्तर्राष्ट्रिय

पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घट्यो

पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य ५/५ रुपैयाँले घटाइएको छ।

पाकिस्तानको ऊर्जा मन्त्रालयको घोषणा अनुसार, अब पेट्रोलको मूल्य प्रति लिटर ४०९.७८ पाकिस्तानी रुपैयाँ पुगेको छ भने हाई-स्पीड डिजेलको मूल्य प्रति लिटर ४०९.५८ पाकिस्तानी रुपैयाँ पुगेको छ। तर, गत हप्ता मात्र पेट्रोल र डिजेलको मूल्य लगभग १५ पाकिस्तानी रुपैयाँले बढेको थियो।

मार्चदेखि पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य पाँच पटक बढाइएको छ र यस अवधिमा तीन पटक घटाइएको छ।

मार्चमा पेट्रोलको मूल्यमा पहिलो वृद्धि हुनुभन्दा पहिले यसको मूल्य प्रति लिटर २५५ पाकिस्तानी रुपैयाँ थियो।

शुक्रबार भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको थियो भने सीएनजीको मूल्य पनि प्रति किलोग्राम २ रुपैयाँले बढाइएको थियो।

प्रकाशित: २ जेष्ठ २०८३ ११:०७ शनिबार