अन्तर्राष्ट्रिय

व्यावसायिक उडानमा पाकिस्तानले आफ्नो हवाई मार्ग एक महिना आंशिक बन्द गर्ने

पाकिस्तानले एक महिनासम्म आफ्नो हवाई मार्गलाई व्यावसायिक उडानहरूको लागि आंशिक रूपमा बन्द गर्ने घोषणा गरेको छ।

पाकिस्तानको विमानस्थल कार्यालयले मध्येपुर्वमा देखिएको तनावका कारण मार्च महिनाभरी आफ्नो हवाई मार्गलाई व्यावसायिक उडानहरूको लागि आंशिक रूपमा बन्द गर्ने घोषणा गरेको हो।  

घोषणासँगै पाकिस्तानी शहर र मध्यपूर्वका गन्तव्यहरू बीच १५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन्।

प्रकाशित: १९ फाल्गुन २०८२ १५:०१ मंगलबार