अन्तर्राष्ट्रिय

आजकै दिन गान्धीका हत्यारा गोडसेलाई मृत्युदण्ड दिइएको थियो

विश्व इतिहासमा आजकै दिन अर्थात १७७७ मा संयुक्त राज्य अमेरिकाको कन्टिनेन्टल कंग्रेसले संयुक्त राज्य अमेरिकाको स्थायी सङ्गठनको पूर्ववर्ती आर्टिकल्स अफ कन्फेडेरेसनलाई अनुमोदन गरेको थियो।

त्यसैगरी १९२० नोभेम्बर १५ मा पहिलो विश्वयुद्धपछि विश्वमा शान्ति कायम गर्न स्थापित गरिएको अन्तर्राष्ट्रिय सङ्गठन लिग अफ नेसन्सको  पहिलो महासभा स्वीट्जरल्यान्डको जेनेभामा बसेको थियो।  

पहिलो विश्वयुद्ध १९१४ देखी १९१८ को विनाशकारी परिणामपछि विश्वव्यापी शान्ति र सहकार्यको उद्देश्यले स्थापना गरिएको अन्तर्राष्ट्रिय सङ्गठन लिग अफ नेसन्स को पहिलो ऐतिहासिक महासभा स्विट्जरल्यान्डको जेनेभामा सफलतापूर्वक सम्पन्न भएको थियो।    

जहाँ विश्वका ४१ संस्थापक सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूले  उद्घाटन सत्रमा भाग लिएका थिए। महासभाको मुख्य उद्देश्य विश्वमा स्थायी शान्ति कायम गर्ने, निशस्त्रीकरण प्रवर्द्धन गर्ने, र राष्ट्रहरूबीचको विवादलाई युद्धको सट्टा कूटनीतिक माध्यमबाट समाधान गर्ने संयन्त्र स्थापना गर्नु रहेको थियो।  

पहिलो विश्वयुद्धले गरेको जनधनको क्षतिपछि लिग अफ नेसन्सलाई भविष्यमा हुने ठूला द्वन्द्वहरू रोक्न सक्ने एक प्रमुख आशाको रूपमा हेरिएको थियो। उक्त महासभामा अमेरिकी राष्ट्रपति उड्रो विल्सनले युद्धपछिको आफ्नो चौध बुँदे प्रस्ताव गरेका थिए।

त्यसैगरी १९४९ मा आजकै दिन भारतमा महात्मा गान्धीको हत्यामा संलग्न नाथुराम गोडसे र अन्य षड्यन्त्रकारीहरूलाई फाँसी दिइएको थियो।

प्रकाशित: २९ कार्तिक २०८२ १०:०३ शनिबार