इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले राष्ट्रपति इसाक हर्जोगलाई भ्रष्टाचार मुद्दामा माफी दिन औपचारिक अनुरोध गर्दै पत्र लेखेका छन्।
राष्ट्रपति कार्यालयले हर्जोगले यो ‘असाधारण अनुरोध’ लाई विचार गर्नुअघि न्यायिक अधिकारीहरूको राय लिने बताएको छ। किनकि यो कदमका ‘महत्वपूर्ण परिणामहरू’ हुन सक्छन्।
विगत पाँच वर्षदेखि नेतन्याहू तीन फरक मुद्दामा घूसखोरी, ठगी र विश्वास उल्लङ्घनको आरोप सामना गर्दै आएका छन्। उनले यी आरोपहरू अस्वीकार गरेका छन्।
एक भिडियो सन्देशमा उनले हमाससँगको युद्धको सन्दर्भ गर्दै भने, ‘उनी कानुनी प्रक्रियाको निष्कर्षमा पुग्न चाहन्थे, तर राष्ट्रिय हितले अन्यथा माग गरेको थियो।’
यस महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जोगलाई नेतन्याहूलाई ‘पूर्ण रूपमा माफी’ दिन अपिल गरेका थिए। त्यतिबेला हर्जोगले कुनै पनि व्यक्तिले माफीको लागि औपचारिक रूपमा अनुरोध गर्नुपर्ने बताएका थिए।
आइतबार राष्ट्रपति कार्यालयले नेतन्याहूको यो अनुरोधको जानकारी दिँदै उनले लेखेको पत्र जारी गरेको छ। उक्त पत्रमा यसको ‘गम्भीरता र प्रभाव’ लाई ध्यानमा राखेर यो कदम चालिएको उल्लेख छ।
अहिलेसम्म राष्ट्रपति कार्यालयले यो अनुरोधमा कुन समयमा निर्णय गरिन्छ भन्ने बारे केही बताएको छैन।
प्रकाशित: १५ मंसिर २०८२ ०७:३६ सोमबार