अमेरिकी रक्षा सचिव पेट हेग्सेथका पूर्व डेपुटी चिफ अफ स्टाफ डेरिन सेल्निकले इरानसँग हुने आगामी वार्तामा आणविक कार्यक्रम सबैभन्दा महत्वपूर्ण विषय बन्ने बताएका छन्।
बीबीसीसँगको कुराकानीमा सेल्निकले इरानको युरेनियम समृद्धीकरण कार्यक्रमबारे हुने वार्ता आगामी दिनमा निर्णायक बन्ने उल्लेख गरेका हुन्।
यसअघि इरानका उपविदेशमन्त्री काजिम घारिबाबादीले हाल तय गरिएको प्रारम्भिक सहमतिको ढाँचापछि आगामी ६० दिनसम्म वार्ताको चरण चल्ने र त्यस अवधिमा तेहरानको आणविक कार्यक्रमसम्बन्धी विषयमा विस्तृत छलफल हुने बताएका थिए।
तर सेल्निकका अनुसार अहिले अमेरिकाको सबैभन्दा ठूलो चिन्ता इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्ने विषयमा गम्भीर रूपमा वार्ता नगर्न सक्ने सम्भावना हो। उनले वासिङ्टनका लागि यस्तो अवस्था स्वीकार्य नहुने स्पष्ट पारे।
उनका अनुसार यदि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले वार्तालाई गम्भीर रूपमा नलिएको निष्कर्ष निकाले, भने अमेरिका फेरि सैन्य कारबाहीतर्फ जान सक्ने सम्भावना रहन्छ।
प्रकाशित: १ असार २०८३ १५:२८ सोमबार



