मंगोलियाका राष्ट्रपति खुरेलसुख उखनाआले भ्रष्टाचारको आरोप लागेपछि पदबाट राजीनामा दिने बताएका छन्।
सरकारी रेलवे परियोजनाबाट आर्थिक लाभ लिएको भन्दै विपक्षी दलले आरोप लगाएपछि राष्ट्रपति खुरेलसुखले मंगलबार राजीनामा दिने घोषणा गरेका हुन्। उनले आफूमाथि लागेका आरोपको अनुसन्धानमा सम्बन्धित निकायलाई सहयोग गर्ने बताएका छन्।
खुरेलसुख सन् २०२१ मा मंगोलियन पिपुल्स पार्टीको जितसँगै सत्तामा आएका थिए। त्यतिबेला पार्टीले संसद्मा बहुमत हासिल गरेको थियो। हालका प्रधानमन्त्री पनि यही पार्टीका सदस्य हुन्।
पछिल्ला वर्षमा मंगोलियन पिपुल्स पार्टी आन्तरिक विवादमा फस्दै आएको छ। राजनीतिक अस्थिरताका कारण नौ महिनाभित्रै देशले तीन जना प्रधानमन्त्री पाएको थियो।
राष्ट्रपति खुरेलसुखको राजीनामा संसद्ले स्वीकृत गरेपछि मात्रै लागू हुनेछ। मंगोलियाको संसद्लाई स्टेट ग्रेट खुराल भनिन्छ।
प्रकाशित: १ मंसिर २०८३ ११:४६ मंगलबार