अन्तर्राष्ट्रिय

मध्यावधि चुनाव : ट्रम्प हार स्वीकार्न तयार, डेमोक्र्याटसँग मिलेर काम गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावको नतिजा स्वीकार गर्न तयार रहेको बताएका छन्।

उनको रिपब्लिकन पार्टीले प्रतिनिधि सभाको नियन्त्रण गुमाउने प्रारम्भिक संकेत देखिएपछि उनले डेमोक्र्याटसँग मिलेर काम गर्ने बताएका हुन्।

बुधबार न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले डेमोक्र्याटसँग सहकार्य गर्न तयार रहेको बताए। उनले भने, ‘म यी नतिजा स्वीकार गर्न पूर्ण रूपमा तयार छु। हामी डेमोक्र्याटसँग काम गर्नेछौं। आशा छ, हामीले सहकार्यको बाटो भेट्टाउनेछौं।’

मध्यावधि चुनावको नतिजाबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ट्रम्पले आफू उम्मेदवार नभएको भएर यस्तो नतिजा आएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘म उम्मेदवार थिइनँ। यदि म भएको भए, हामी भारी मतले जित्ने थियौं।’

चुनावी परिणामले रिपब्लिकन पार्टीलाई धक्का लाग्ने संकेत देखिएको छ। प्रारम्भिक मतगणनामा डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभामा अग्रता लिएको छ। यसले ट्रम्पको आगामी राजनीतिक एजेन्डा कार्यान्वयनमा चुनौती थपिन सक्ने देखिएको छ।

अमेरिकी प्रतिनिधि सभामा ४३५ सिट छन् र सबै सिटका लागि चुनाव भएको छ। त्यस्तै, सिनेटका १०० सिटमध्ये ३५ सिटका लागि प्रतिस्पर्धा भएको छ। यसबाहेक ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान भएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App