अन्तर्राष्ट्रिय

हङकङको आवासीय क्षेत्रमा भीषण आगलागी, १३ जनाको मृत्यु

तस्बिर : रोयटर्स

हङकङको एक आवासीय भवनमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ। अन्य १५ जना घाइते भएका छन्।  

बाक्लो र अग्ला घर भएको यो क्षेत्रमा स्थानीय समयअनुसार बुधबार दिउँसो आगो लागेको थियो। आगलागीमा अग्नी नियन्त्रक हो वाइ–होको पनि मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।  

हङकङका एक अधिकारीले लगभग ७६० उद्धारकर्मी खटाइएको बताए। साँझसम्म पनि आगो फैलने क्रम रोकिएको छैन ।  

प्रभावित बासिन्दाका लागि नजिकै रहेका सामुदायिक केन्द्र र विद्यालयहरूमा अस्थायी आवासको व्यवस्था गरिएको छ।  

आगलागी भएका टावरहरू आसपास पुराना भवन र बाँसले बनाइएका कटेज भएकाले आगो तीव्र गतिमा फैलिन मद्दत गरेको अधिकारीहरूको अनुमान छ।

प्रकाशित: १० मंसिर २०८२ २०:२० बुधबार