इरानमा आक्रमणमा मारिएकाहरू १६५ जनाको सामूहिक अन्त्येष्टि गरिने भएको छ।
आक्रमणमा परेर ज्यान गुमाएका स्कुले बालबालिकासहित १६५ जनाको उत्तरी शहर मिनावमा सामूहिक अन्त्येष्टि गर्न लागिएको हो। इरानको सरकारी टेलिभिजनले अन्त्येष्टि कार्यक्रममा हजारौं मानिसहरू पुगेका देखाएको छ।
भीडले 'अमेरिकालाई मृत्युदण्ड', 'इजरायललाई मृत्युदण्ड' र 'आत्मसमर्पण नगर' जस्ता नाराहरू लगाएका थिए।
प्रकाशित: १९ फाल्गुन २०८२ १३:४४ मंगलबार