अन्तर्राष्ट्रिय

विमानभित्र सहयात्रीलाई थप्पड हान्ने व्यक्तिमाथि उडान प्रतिबन्ध

भारतको मुम्बईबाट कोलकाता जाँदै गरेको उडानमा सहयात्रीलाई थप्पड हान्ने व्यक्तिमाथि इन्डिगो एयरलाइन्सले उडान प्रतिबन्ध लगाएको छ।

एयरलाइन्सले एक्समा एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पूर्ण अनुसन्धानपछि अनियन्त्रित व्यवहारमा संलग्न यात्रुको उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित अधिकारीलाई पठाइएको छ। हाम्रो प्रतिबद्धताको अंशको रूपमा उडानमा यस्तो व्यवहारलाई प्रोत्साहन गर्न सकिँदैन।’

अगाडि भनिएको छ, ‘नियामक प्रावधानअनुसार सम्बन्धित व्यक्तिलाई कुनै पनि इन्डिगो उडानमा यात्रा गर्नबाट निलम्बन गरिएको छ।’ यो घटना जुलाई ३१ बिहीबार मुम्बईबाट कोलकाता जाँदै गरेको इन्डिगोको उडान नम्बर ६इ१३८ मा भएको थियो।

थप्पड हान्ने यात्रुलाई कारबाहीको मागसहित यस विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार थप्पड खाने व्यक्ति अस्वस्थ थिए। चालक दलका सदस्यले उनलाई मद्दत गरिरहेको बेला अचानक अर्को यात्रुले थप्पड हानेका हुन्। एजेन्सी

प्रकाशित: १७ श्रावण २०८२ २१:५७ शनिबार