भारतको जम्मू कश्मीरको किश्तवाडको चासोती गाउँमा अगस्ट १४ मा दिउँसो १२:३० बजे अविर वर्षासँगै आएको बाढीका कारण हालसम्म ६० जनाको मृत्यु भएको छ।
जसमध्ये २१ वटा शवको पहिचान भइसकेको छ। अहिलेसम्म १६७ जनाको उद्धार गरिएको छ। जसमध्ये ३८ जनाको अवस्था गम्भीर छ भने एक सयभन्दा बढी अझै पनि बेपत्ता छन्।
हजारौं भक्तजनहरू मचैल माता यात्राको लागि किश्तवारको पद्दार उप-डिभिजनको चासोती गाउँमा पुगेका बेला दुर्घटना भएको थियो। यो यात्राको पहिलो गन्तव्य हो।
यात्रा सुरु हुने ठाउँमा नै अत्यधिक अविरल वर्षा भएको थियो। त्यहाँ तीर्थयात्रीहरूका बस, पाल, लङ्गर र धेरै पसलहरू थिए, हाल बाढीले ती सबै बगाएको छ।
किश्तवाडका उपायुक्त पंकज शर्माका अनुसार एनडीआरएफ टोली खोजी र उद्धारमा संलग्न छन् भने थप दुई टोलीहरू बाटोमा छन्।
६० जना कर्मचारी (कुल ३००) को पाँच सेना टोली, ह्वाइट नाइट कोर्प्सको मेडिकल टोली, जम्मू कश्मीर प्रहरी, एसडीआरएफ र अन्य एजेन्सीहरू यस अपरेशनमा संलग्न छन्।
प्रकाशित: ३० श्रावण २०८२ १२:१० शुक्रबार