तमिलनाडु भेट्टी कझगम (टिभीके) का अध्यक्ष तथा अभिनेता विजयले आफ्नो र्यालीका क्रममा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन्।
विजयले इन्स्टाग्राममा पोस्ट गर्दै दुर्घटनामा प्रियजन गुमाउने प्रत्येक परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने बताएका छन्। उनले उपचाररत घाइतेहरूका लागि २ लाख रुपैयाँ सहयोगको घोषणा पनि गरेका छन्।
यस दुःखद घटनाप्रति समवेदना व्यक्त गर्दै उनले लेखेका छन्, 'ठूलो क्षतिलाई विचार गर्दा यो रकम नगण्य छ। यद्यपि, यस समयमा, तपाईंको परिवारको सदस्यको रूपमा, तपाईंसँगै उभिनु मेरो कर्तव्य हो।'
तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारका अनुसार करुर भागदौडमा ३९ जनाको मृत्यु भएको छ। मृतकहरूमा १७ महिला, १३ पुरुष, ९ बालबालिका छन्।
उनले ३० जना मृतकको पोस्टमार्टम सम्पन्न भएको र शव परिवारलाई हस्तान्तरण गरिएको बताए।
प्रकाशित: १२ आश्विन २०८२ १२:४९ आइतबार