अन्तर्राष्ट्रिय

जापान भूकम्प : मृतक संख्या २८ पुग्यो, उद्धार प्रयास जारी

जापानका आपतकालीन उद्धारकर्मीहरूले भूकम्पले भत्किएको सपिङ्ग मलबाट जीवित मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छन्। भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ पुगेको पुष्टि भएको छ।

गत मङ्गलबार गएको भूकम्पपछि ग्यास विस्फोट भएको एओन सपिङ मलको भग्नावशेषबाट चार जनाको शव निकालिएको कुमामोटो अधिकारीहरूले बताएपछि सरकारले नयाँ तथ्याङ्क जारी गरेको हो।

मलबाट दश जनालाई बाहिर निकाल्न सफल भएको र उनीहरू मध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धार गरिएको पाँच जनालाई चोट लागेको दक्षिणपश्चिमी क्षेत्रका विपद् व्यवस्थापन विभागका अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ।

जापानमा गएको ७.१ म्याग्निच्युडको भूकम्पले आवासीय घर तथा पुलहरूलाई क्षति पुर्याउनुका साथै दशौं हजार बासिन्दाहरू बिजुली र पानीको सुविधाबाट वञ्चित भएको जनाइएको छ।

भूकम्पपछि सपिङ मल खाली गरिएको थियो तर करिब ५० मिनेट पछि ठुलो विस्फोट हुँदा अज्ञात सङ्ख्यामा कर्मचारीहरू अझै पनि भित्र रहेको आशंका गरिएको छ। एएफपी

प्रकाशित: १४ श्रावण २०८३ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App