इजरायली मिडियाले गाजामा युद्धविरामका लागि चलिरहेको वार्ताप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘सकारात्मक धारणा’लाई प्रमुख समाचारका रूपमा प्रस्तुत गरेको छ।ट्रम्पको गाजा शान्ति योजना अन्तर्गत हमास र इजरायलका प्रतिनिधिहरूबीचको पहिलो चरणको वार्ता अहिले मिस्रमा भइरहेको छ। यो वार्ता अक्टोबर ६ अर्थात् सोमबारदेखि सुरु भएको हो।
सेप्टेम्बरको अन्त्यतिर ह्वाइट हाउसमा इस्रायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूसँग भेट गर्दा ट्रम्पले गाजा युद्ध अन्त्य गर्न २० बुँदे प्रस्ताव अघि सारेका थिए।यस योजनामा गाजामा इजरायली सैन्य कारबाही तुरुन्त रोक्ने सुझाव दिइएको छ।यस अन्तर्गत हमासले सबै २० जना जीवित इजरायली बन्दीहरूलाई मुक्त गर्नुपर्नेछ र झण्डै २० जना मृतकहरूको शव फिर्ता गर्नुपर्नेछ, जसको मृत्यु भएको विश्वास गरिन्छ।
इजरायली मिडियाले ट्रम्पलाई ‘क्षेत्रीय शान्ति स्थापना प्रयासका प्रमुख चालक’को रूपमा प्रस्तुत गरिरहेको छ।न्युज वेबसाइट वाइनेट का अनुसार इस्रायल अब बन्दीहरूको रिहाइ सुनिश्चित गर्न निकै नजिक पुगेको छ।त्यस्तै पत्रिका हाएरिट्ज ले लेखेको छ कि ट्रम्प यो शान्ति योजना कार्यान्वयनका लागि पूर्ण रूपमा प्रतिबद्ध छन्।
रिपोर्टहरूमा नेतन्याहूको ‘रुखमा आएको परिवर्तन’को पनि चर्चा गरिएको छ।हाएरिट्जका अनुसार ट्रम्पको शान्ति योजना स्वीकार नगरी नेतन्याहूकहाँ अरू कुनै विकल्प छैन, त्यसैले उनी यसलाई समर्थन गरिरहेका छन्।ट्रम्पले इजरायल र हमास दुवैलाई शान्ति प्रस्तावमा छिटो छलफल गरी यसलाई कार्यान्वयनतर्फ अघि बढाउन आग्रह गरेका छन्।एजेन्सी
प्रकाशित: २२ आश्विन २०८२ ०८:४९ बुधबार