अन्तर्राष्ट्रिय

इरानको चेतावनी : केही क्षणमै इतिहासको सबैभन्दा खतरनाक आक्रमण

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको एक विज्ञप्ति बाहिर आएको छ, जसमा उसले अमेरिकी अड्डा र इजरायलमा आक्रमण गर्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, 'इस्लामिक गणतन्त्र इरानको सशस्त्र सेनाको इतिहासको सबैभन्दा खतरनाक आक्रमण केही क्षणमै कब्जा गरिएका क्षेत्रहरू र अमेरिकी आतंकवादी अड्डाहरूमाथि सुरु हुनेछ।'

यो बयान यस्तो समयमा आएको हो जब इरानको सरकारी मिडिया च्यानलले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको बताएको छ।

एक जना इरानी सरकारी टिभी प्रस्तोताले खामेनीको मृत्युको घोषणा गरे र देशले ४० दिनको शोक मनाउने बताए।

प्रकाशित: १७ फाल्गुन २०८२ ०९:१४ आइतबार