इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खराजीले अब अमेरिकासँग वार्ताका लागि कुनै ठाउँ नभएको बताएका छन्। उनले इरानको सेना लामो युद्धका लागि तयार रहेको पनि बताएका छन्।
एक अन्तर्वार्तामा खराजीले भने, 'म अब वार्ताको लागि कुनै ठाउँ देख्दिनँ।' उनले अमेरिकाले पहिले वार्ताका क्रममा आफ्ना वाचाहरू पूरा गर्न असफल भएको थियो र वार्ता चलिरहेको बेला इरानमाथि आक्रमण गरेको आरोप लगाए।
वर्तमान युद्ध लामो समयसम्म रहन सक्ने र अमेरिका र उसका सहयोगीहरूमाथि आर्थिक दबाब नबढेसम्म जारी रहने संकेत उनले गरे।
इरानको सैन्य र राजनीतिक नेतृत्व यस संघर्षमा एकताबद्ध र देश लामो लडाईंको लागि तयार रहेको खराजीले बताए।
प्रकाशित: २६ फाल्गुन २०८२ ११:४२ मंगलबार