अन्तर्राष्ट्रिय

भारतीय वायुसेना प्रमुखको दाबी: ‘अपरेसन सिन्दूर’मा ६ पाकिस्तानी विमान झार्‍यौँ

भारतीय वायु सेना प्रमुख मार्सल एपी सिंहले पाकिस्तानसँगको पछिल्लो तनावका बेला सञ्चालित ‘अपरेसन सिन्दूर’ले ६ पाकिस्तानी विमान झारेको दाबी गरेका छन्। बेंगलुरुमा आयोजित एक कार्यक्रममा वायु सेना प्रमुख सिंहले अपरेसनका बेला ५ युद्धक विमान र एक अर्को ठुलो पाकिस्तानी विमान झारेको दाबी गरेका हुन्। 

गत अप्रिल २२ तारेखमा भारतीय पर्यटकीय स्थल पहलगाममा भएको आतंकवादी हमलापछि भारतले ‘अपरेसन सिन्दूर’ नाम गरेर पाकिस्तानी भूमिमा आक्रमण गरेको थियो। मे ७ देखि ११ तारेखसम्म चलेको उक्त हमलाको पाकिस्तानले पनि प्रतिवाद गरेको थियो। उक्त प्रतिवादमा पाकिस्तानले भारतका पाँच युद्धक विमान झारेको दाबी गरेको थियो। उक्त कुराको भारतीय पक्षले अस्वीकार गरे पनि विभिन्ने विदेशी सञ्चारमाध्यम र खुफिया निकायले उक्त कुरालाई आंशिक पुष्टि गरेका थिए। 

प्रकाशित: २४ श्रावण २०८२ १८:५९ शनिबार